काठमाडौं- मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रबार सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको छ । गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका हुन्।
संगीत रचना गायक थापा आफैँले गरेका छन् । ठेट शब्द, मनछुने भाका र स्वरका कारण गीतले दर्शकरश्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ ।
पहिलेपहिले मेलापात र रोधीघरमा ठाडो भाका गुञ्जने गर्थ्याे । पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ । संगीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका संकटमा परेका छन् ।