एजेन्सी-दिल्ली उच्च अदालतले अभिनेत्री जूही चावलालाई २० लाख रुपैंयाँ जरिवाना तिर्नका लागि एक हप्ताको अल्टिमेटम दिएको छ । जी वायरलेस नेटवर्क टेक्नोलोजीकाविरुद्ध उजुरी दर्ता गराउन कानूनको गलत प्रयोग गरेको भन्दै उनलालाई अदालतले २० लाख रुपैंयाँ जरिवाना तोकेको थियो । अदालतले अभिनेत्रीले अदालतको पैसा फिर्ता गर्ने सम्बन्धी तीन उजुरीमा सुनुवाई गरिरहँदा जूहीको वकिलले दश दिनसम्ममा पैसा जम्मा गरिदिने जनाएका थिए ।
अदालतले उजुरीलाई दोषपूर्ण, कानूनको दुरुपयोग र प्रचारप्रसारको प्रयास भनेको थियो ।उच्च अदालतले फाइभजी वायरलेस नेटवर्क सेटअपविरुद्ध परेको जूहीको उजुरीलाई खारेज गर्दै २० लाख रुपैयाँ जरिवाना तिर्न भनेको थियो ।जूही बलिउडमा कुनै समय एक छत्र राज गरेकी नायिका थिइन् ।