काठमाडौं – बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेको हो । बुधबार प्रतितोला ९२ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि मंगलबार पनि सुनको मूल्य तोलामा ३ सय रुपैयाले बढेको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य घटेर तोलाको १ हजार ३ सय १० रुपैयामा नै कारोबार भइरहेको छ ।