काठमाडौँ २४ असार । नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा शुरु भएको छ ।
११ बजे बस्ने भनिएको बैठक नेता भीम रावल र विष्णु पौडेल बिच भएको भेटवार्ताको कारण ढिलो शुरु भएको हो । आजको कार्यदलको बैठकले निष्कर्ष निकाल्ने बताइएको छ । नेता रावल र पौडले बिच भएको भेटवार्ताको विषयमा भने स्पष्ट पारिएको छैन ।
पार्टी एकताको लागि भन्दै गठित कार्यदल पुन सक्रिय भएपछि यो चौथौँ बैठक हो ।