काठमाडौं । ‘बाहुबली’ स्टार भिनेता प्रभासले के अभिनेत्री कृति सेननसँगको इन्गेजमेन्ट गर्दैछन् ? भारतीय अभिनेता प्रभासले लामो विदा लिएसँगै उनी कृति सेननसँग इन्गेजमेन्टको तयारीमा त छैनन् भन्ने प्रश्न भारतीय मिडियाहरुले उठाएका छन् ।
खासमा प्रभासले अभिनेत्री कृति सेननसँग इन्गेजमेन्ट गर्ने खबर एक फिल्म समीक्षकले ट्वीट गरेपछि रातारात भाइरल बनेको हो । ति समिक्षकले प्रभास र कृति सेनन चाँडै माल्दिभ्समा इन्गेजमेन्ट गर्न भनेर ट्वीट गरेपछि इन्टरनेटमा आँधी नै आयो ।
तर प्रभासले कृतिलाई साथी मात्र भएको बताउँदै आइरहेका छन् । प्रभास निकट स्रोतले यी हल्लाको खण्डन गर्दै काल्पनिक मात्र भएको दाबी गरेको छ । खासमा प्रभासले लामो बिदा लिनुको कारण स्वास्थ्य बिग्रँदै जानु हो । निर्देशक ओम राउतको निर्देशनमा बनिरहेको उनको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को सुटिङ बीचमै रोकिएको छ ।
ई टाइम्सको समाचार अनुसार प्रभासको स्वास्थ्य हालै अचानक बिग्रिएको छ । बाहुबली अभिनेतालाई उच्च ज्वरोका कारण स्वास्थ्यमा समस्या भएको बताइएको छ । जसका कारण प्रभास पनि अस्पतालमै भर्ना हुनुपरेको थियो । यसपछि डाक्टरहरूले प्रभासलाई केही दिन आराम गर्न सल्लाह दिएका छन् ।
जसका कारण प्रभास स्टारर हिन्दी सिनेमाका दिग्गज निर्देशक ओम राउतको आगामी फिल्म ‘आदिपुरुष’ को सुटिङ केही दिनका लागि स्थगित भएको छ । प्रभास पूर्ण रुपमा निको भएपछि मात्रै ‘आदिपुरुष’ को सेटमा फर्किने बताइएको छ । सबैले प्रभासको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेको खबर बाहिर आएको छ ।
यो स्वाभाविक पनि हो कि प्रभासले फिल्म ‘बाहुबली’ र ‘बाहुबली २’ मार्फत आफ्ना फ्यानहरुको मनमा विशेष स्थान बनाएका छन् । प्रभास अभिनित फिल्म ‘आदिपुरुष’ को सबै जना उत्सुकताका साथ पर्खिरहेका छन् । तर ‘आदिपुरुष’ बाहेक प्रभासका थप दुई फिल्म छन्, जसका लागि फ्यान निकै आतुर छन् ।
वास्तवमा त्यो मामिलामा ‘केजीएफ’ फिल्मका निर्देशक प्रशान्त नीलको ‘सालार’ र निर्देशक नाग अश्विनको ‘प्रोजेक्ट के’ समावेश छन्। फिल्म ‘प्रोजेक्ट के’ मा प्रभास बी टाउन अभिनेत्री दीपिका पादुकोण र शताब्दीका मेगास्टार अमिताभ बच्चनसँग देखिने बताइएको छ ।