५७ किलो ९ सय ग्राम गाँजासहित दुई जना पक्राउ — OSNepal

५७ किलो ९ सय ग्राम गाँजासहित दुई जना पक्राउ

LC (KTM) July 08, 2021 0

काठमाडौँ २४ असार । लागुऔषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-६ का २६ वर्षीय सञ्जय चौधरी र सोही ठाउँका ४८ वर्षीय लालजी साह रहेकोप्रहरीले जनाएको छ ।

निजहरुलाई चितवनबाट बारातर्फ जाँदै गरेको ना ४ च ५०१५ नम्बरको बोलेरोगाडीमा रहेको ५७ किलो ९ सय ग्राम गाँजा सहित हेटौडा–१५ पीपल चौताराबाट प्रहरीले पक्राउ गरेको हो ।

गाडीको पछाडिको भागमा फल्स बटम बनाई लुकाएर ल्याएको गाँजा बरामद प्रहरीले बरामत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर