माछापालक कृषकलाई सीपमूलक अचार बनाउने तालिम सञ्चालन — OSNepal

माछापालक कृषकलाई सीपमूलक अचार बनाउने तालिम सञ्चालन

LC (KTM) February 10, 2023 0

देउखुरी-माछापालनमा नेपालकै उत्कृष्ट मानिएको रुपन्देहीको छपियामा माछाको सीपमूलक अचार बनाउने तालिम सञ्चालन गरिएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत स्थानीय माछा पालक कृषकलाई सीपमूलक अचार बनाउने तालिम प्रदान गरिएको हो ।

तालिममा गाउँपालिका उपाध्यक्ष तारा थारूले सीपलाई व्यावसायिक रुपमा प्रयोग गर्नसके माछापालनबाट व्यवसायी बन्न सकिने बताउनुभयो । उहाँले सीप सिकेर व्यवसायी बन्न चाहनेका लागि गाउँपालिकाले आर्थिक अनुदानसमेत उपलब्ध गराउने सक्ने बताउनुभयो ।

यसैगरी सियारी गाउँपालिका–४ का अध्यक्ष श्रीराम यादवले सीप सिकेर आत्मनिर्भर बन्न लाग्नुपर्नेमा जोड दिनुभयो । छपिया माछा अचार लघुउद्यम समूह, छपियाका अध्यक्ष बेलमाया थापा तालिमले सीप सिकेर व्यवसायी बन्न प्रेरित गरेको बताउनुभयो । तालिममा माछाबाट बन्ने १० प्रकारको परिकारबारे सिकाइएको थियो ।

यसैगरी माछाको टाउकोमा अनेक मसलायुक्त सामग्रीको मिश्रणबाट माछाको छोप र अचार बनाउने सीप सिकाइको तालिममा सहभागी लक्ष्मी घिमिरेले बताउनुभयो । रुपन्देहीको सियारी गाउँपालिकास्थित छपिया नेपालकै माछापालनमा पकेट क्षेत्र मानिन्छ । यहाँको माछा बुटवल, भैरहवा, पोखरा र काठमाडाँै लगायतका सहरमा पठाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर