अबिरल वर्षासँग आएको केरुङे खोलाको बाढीले कावासोती जलमग्न — OSNepal

अबिरल वर्षासँग आएको केरुङे खोलाको बाढीले कावासोती जलमग्न

LC (KTM) July 08, 2021 0

पूर्वी नवलपरासी- केरुङे खोलामा बाढी आएपछि पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । हात्तीखेर भन्ने स्थानबाट बाढी पसेपछि मुख्य बजार क्षेत्र जलमग्न भएको हो । कावासोती थानाचोकदेखि पश्चिम सभापतिचोकसम्मको बजार क्षेत्र र राजमार्ग क्षेत्र डुबानमा परेको छ ।

पानीले कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी पाइप पनि १ किलोमिटर बगाएको बताइएको छ ।महेन्द्र राजमार्गमा पनि पानी बगेका कारण आउजाउ गर्न समस्या भएको छ । खोला बगेका कारण कतिपय स्थानमा सडक नै नदेखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर