घूस रकमसहित सब इन्जिनियर पक्राउ — OSNepal

घूस रकमसहित सब इन्जिनियर पक्राउ

LC (KTM) July 08, 2021 0

काठमाडौं असार २४ । सेवाग्राहीसँग निर्माण सम्पन्न गरि दिए वापत २० हजार रुपैयाँ घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस रकमसहित एक सब इन्जिनियरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेश अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङमा करारमा कार्यरत सव इन्जिनियर विनोद सापकोर्टा रहेका छन् ।

सापकोटाले खेलकुद मैदान निर्माण सम्पन्न गरी सो कार्यको लागि धरौटी राखेको रकम फिर्ता लिन जाँदा सेवाग्राहीसँग निर्माण सम्पन्न गरि दिए वापत २० हजार रुपैयाँ घूस लिएको आयोगको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर