एजेन्सी -अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेसीले भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गरेका छन्। भुकम्पले टर्की र उत्तरी सिरियामा गरी कम्तीमा १२ हजार मानिसले ज्यान गुमाएर विश्न नै दुखी बनेका बेला मनकारी विश्वचर्चित फुटबलर मेस्सीले उक्त रकम सहयोग गरेका हुन् ।
टर्कीको मिडियालाई उद्धृत गर्दै टिराना पोस्टले अर्जेन्टिनी खेलाडी मेस्सीले आफ्नो फाउन्डेसनलाई भूकम्पले तहसनहस भएको क्षेत्रमा रकम सहयोग प्रदान गर्न निर्देशन दिएको बताएको छ ।
टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६,४ म्याग्निच्यूडको भूकम्प गएको थियो।