पाल्पामा ६ घर पहिरोले बगाउँदा एक जनाको मुत्यु , एक जना वेपत्ता,सडक भत्किएका कारण उद्धारमा ढिलाई — OSNepal

पाल्पामा ६ घर पहिरोले बगाउँदा एक जनाको मुत्यु , एक जना वेपत्ता,सडक भत्किएका कारण उद्धारमा ढिलाई

LC (KTM) July 08, 2021 0

पाल्पा २४ असार । पाल्पामा ६ घर पहिरोले बगाउँदा एक जानको ज्यान गएको छ । पहिरोमा परि चार वर्षीय बालक वेपत्ता भएका छन् भने सात जना घाइते भएका छन् । ज्यान गुमाउनेमा ४५ वर्षीय वीरबहादुर गुरुङ भएको प्रहरीले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदे खोला भन्ने गाउँमा पहिरो खस्दा ६ घर बगाएको हो । पहिरोमा परि सोही गाउँकी पुजा परियारका चार वर्षीय छोरा बेपत्ता भएका पाल्पाका प्रहरीले जनाएको छ । पहिरोमा परि स्थानीय रमेश परियार, हरि दर्लामी, नरबहादुर राना, वीरबहादुर गुरुङ र आकाश तामाङ र पूजा परियारको घर पुरिएको हो ।

सडक भत्किएका कारण घटनास्थलमा गाडी जान नसक्ने भएकाले दोभान प्रहरी चौकीबाट पैदल टोली पठाइसकेको पाल्पा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर