बलिउडमा एकदमै स्लिम फिगर भएकी अभिनेत्री मलाइका अरोरा अहिले अर्जुन कपुरसंग डेटमा रमाई रहेकि छिन् । उमेरले साथ नदिए पनि सौन्दर्यताले उनलाई झन जवान देखाएको छ । सेक्सी लुक्स, मिलेको स्लिम बडी सबैलाई मन्त्रमुग्ध पार्ने उनको अस्त्र रहेको छ । उनी अरबाज खान संग सम्बन्ध तोडेर अर्जुन कपुरसंग मस्तिमा रहेकी छिन् ।
अरबाज खान पनि यतिबेला प्रेममा रहेका छन् । उनको पूर्व प्रेमिका जर्जिया एन्ड्रियानीसंग मस्तिमा देखिएका थिए । पछिल्लो समय मलाइका र जर्जियाको तुलना हुने गरेको छ । जर्जियाले जिम लुकमा मलाइका अरोरासँग प्रतिस्पर्धा गरेकि छिन् । उनको कर्वी फिगर देखेर सबै मन्त्रमुग्ध भएका छन् ।
उनै अरबाज खानको पूर्व प्रेमिकाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जर्जिया एन्ड्रियानीले मलाइका अरोरालाई जिम लुकमा पछाडि छोडेकी छिन् । उनको फिगरको सर्वत्र चर्चा भएको छ । उनको शरीरमा देखिएको ट्याटुले उनको कामुक शरीरलाई थप हट बनाई दिएको छ ।