एउटा मान्छे लखेट्दा लखेट्दै
सिंहदरवारमा नेपाली भएर पस्छ अनि
नयाँ रङ्गकाे उमङ्गले श्वास फेर्न थाल्छ त्याहाँ काेलाहाल विद्राेह जन्माउन थाल्छ
धाेकै धाेकाेकाे गृह मन्त्री बनाई दिन्छन
पत्रकारले राजनिति र कानुन दुवै चलाउन्छ
कहिले ज्यानमारा भन्दै थुन्न लान्छन
मुटु दुख्नकाे दुखाई हाेइन यहाँ षडयन्त्रका धारहरुले पटक पटक काट्न थाल्छन
व्याक्तित्वकाे धज्जा उखेल्न याहाँ
मिडीयाका सेन्डिकेटकाे हाेडबाजि चल्छन
याहाँ भगवान बुद्धलाईपनि लखेटेका थिए
पृथिवि धुमिरहन्छ तर धाम कहिले अस्ताउदैन
—————
कानुन छरेर बाँसधारी बनाउनेहरु
ईमानकाे छातीमा जमान लुट्नेहरु
अदालत खनाएर न्यायधिश हुनेहरु
राजनितीकाे लुगा फेरेर जुङ्गा मुसार्नेहरु
याहाँ माेती टिप्नलाई त
अरबकाे ताताे बालुवा चाल्नु पर्छ
युद्धमा नमरेकाे सिपाहीले
बन्दुकलाई सलाम गर्न सिक्छ
आर्जन गरेकाे ईतिहासले
राजिनिती गर्न सिकाउछ
दिनले रात बाेलाउछ अनि
साँझले जुन तारा दिएर जान्छ
समय बलवान् हुन्छ याहाँ
पर्खिएर बस्नेकाे जीत हुन्छ याहाँ
भाग्नेकाे कतै लुक्ने ठाउँ हुदैन
पृथिवि धुमिरहन्छ तर धाम अस्ताउदैन
—————
पहरा फाेरेर सुन झिक्ने नवजवानहरु
युवा नेताहरु जन्मिदैछन्
समुन्द्रमा पसेर लेऊ उत्तारदै जाेख्नेहरु
सिंहदरवारमा पसेर राजनिति गर्नेछन
देशकाे आवश्यकता रच्दै नवजवान जाग्नेछन्
माेति टिप्नलाई त हेर याहाँ
अरबकाे ताताे बालुवा चाल्नु पर्छ
फलाम कुटेर सुन बनिन्दैन अब
सफल बन्नलाई त जनताकै माँया चाहिन्छ ।
धेरै छन याहाँ धर जलाएर जंगल बस्नेहरु
धेरै छन् याँहा मदन भण्डारिकाे सपना जलाउनेहरु
धेरै छन् याँहा रबिकाेलागि अम्मर लामाहरु किन्ने ।
धेरै छन् याहाँ बिना देशकाे नागरिक बनाएर दाेहन गर्नेहरु
आफ्नै देशमा बिना देशकाे नेपाली बनाउनेहरु।
—————