काठमाडौं । सिरिया भूकम्पको भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । समाचारमा जनाइए अनुसार भूकम्पमा परी आमाको मृत्यु भए पनि नवजात शिशुलाई भने आमाको नाभीमा बाँधिएको अवस्थामा उद्धार गरिएको हो ।
शिशुलाई भग्नावशेषबाट निकालिएको कारूणिक दृश्य बाहिरि आएपछि धेरेका आँखा रसाएका छन् । उक्त भुकम्पमा परी नवजात शिशुका बुवा, चार दाजुभाइ र एक काकीले पनि ज्यान गुमाएका छन् ।
भग्नावशेष पूरै हटाउँदा बालिकाकी आमा को भने मृत्यु भइसको थियो परिवारका अन्य सदस्यहरूले खाजी गर्दा नाभीसँग जोडिएको बच्चा देखे र उनीहरूले तुरुन्तै नाभी काटे बच्चीलाई बाहिर निकाले ।
भूकम्पपछिको झट्काका कारण भग्नावशेषमै बच्चा जन्माएकी हुन् । करिब ३० घण्टापछि बालिकालाई सकुशल बाहिर निकालिएको बिबिसीले जनाएका छ । अहिले ती शिशुको अवस्था स्थिर रहेको छ । शरीरमा चोटका निशानहरू पनि रहेको बताइएको छ ।टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म सात हजार नौ सय जनाको मृत्यु भएको छ । हालसम्म टर्कीएमा पाँच हजार आठ सय ९४ र सिरियामा दुई हजार ३२ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।
प्रतिकूल मौसमको परबाह नगरी भत्किएका भवनका भग्नावशेषबाट बाँचेकाहरूलाई बाहिर निकाल्न उद्धारकर्ताहरू सङ्घर्ष गरिरहेका छन् । उद्धार तथा राहतको अनुगमन एवम् समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् ।
उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन् । टर्कीएका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित स्थानमा परिचालन भएका बताएका छन् । करिब छ हजार भवन भत्केकाले सबै स्थानमा सहायता परिचालन गर्न कठिन भएको छ । सोमबार र मङ्गलबार कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रुत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको थियो ।