कप्तान ह्यारी केन चम्किँदा डेनमार्कविरुद्ध शानदार जित निकाल्यो इंग्ल्यान्डले — OSNepal

कप्तान ह्यारी केन चम्किँदा डेनमार्कविरुद्ध शानदार जित निकाल्यो इंग्ल्यान्डले

LC (KTM) July 08, 2021 0

काठमाडौँ । डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गर्दै
इंग्ल्यान्डले किर्तीमान खेल खेलेको छ ।

गएराती सम्पन्न खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधिका लागि पहिलो पटक तयार बनेको हो । घरेलु मैदानको फाइदा उठाउँदै इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

वेम्बली स्टेडियममा भएको खेलमा कप्तान ह्यारी केनले एक गोल गरेसँगै खेल चम्किउको थियो । अर्को एक गोल आ ,त्मघा,ती उपहार पाएको इंग्ल्यान्डले निर्धारित समयमा डेनमार्कसँग १-१ को बराबरी खेले पनि अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाएपछि इंग्ल्यान्ड पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर