गम्भीर कोरोना बिरामीलाई यी औषधि खुवाउनुस् — OSNepal

गम्भीर कोरोना बिरामीलाई यी औषधि खुवाउनुस्

LC (KTM) July 08, 2021 0

कठमाडौं । कोरोना महा मारी विश्वभर तीव्र रुपमा फैलँदै गरेको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाका गम्भीर बिरामीका लागि नयाँ औषधि सिफारिस गरेको छ ।इन्टरलिउकिन ६ रिसेम्पटर ब्लकर नाम गरेको यी औषधि संगठनले सिफारिस गरेको दोस्रो प्रकारका औषधि हुन् । संगठनले गत वर्षको सेप्टेम्बरमा सिफारिस गरेको कोर्टिकोस्टर्वाइडसँग सँगैं उपयोग गरेको कोर्टिकोस्टर्वाइडसँग सँगै उपयोग गर्दा औषधिको प्रधावकारिता झनै बढ्ने बताएको छ ।

१० हजार बिरामी सहभागी रहेको २७ वटा क्लिन्किल परीक्षणको नतिजाका आधारमा यी औषधि सिफारिस गरिएको हो । कोभिड १९ का गम्भ्ीर बिरामीको प्रतिरक्षा प्रणलीमा अधिक प्रतिक्रिया हुने भएकाले स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न जाने हुन्छ ।

त्यस्तै अवस्थामा तोसिलिजुमाव र सारिलुमाव जस्ता इन्टरलिउकिल ६ ब्लकिङ ड्रगले शरीरमा देखिने उच्च प्रतिक्रियालाई मत्थर गर्न सहयोग पुर्याउने संगठनले जनाएको छ । अन्य स्ट्याण्डर्ड विधिको तुलनामा यी औषधिको उपभोग गर्दा १३ प्रतिशत मृत्यु टरेको उक्त विश्लेषणले देखाएको छ । यसको अर्थ यी औषधिको सेवनले हरेक १ हजार बिरामीको उपचार गर्दा ५ र अत्यन्त गम्भीर १ हजार बिरामीमध्ये २८ जनाको मृत्यु टरेको छ । नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर