काठमाडौं । टर्कीको भूकम्पमा परेका ३ वर्षका एक बालकलाई २२ घण्टापछि उद्धार गरिएको छ । ति बालकलाई बाहिर निकाले लगत्तै उनका बाबु आमाले अंगालो मार्दै काखमा चुमेको दृश्य बाहिरिएको छ । ७।८ म्याग्नीच्युडको सो भुकम्पमा परी हजारौं मान्छेहरु घाइते भएका छन ।
मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भुकम्पले हजारौं घरहरु ध्ववस्त बनाएको छ । टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् ।
भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ । उता सिरियामा ९७८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।