टर्कीको भूकम्पपछि भवनमा पुरिएका विश्व चर्चित फुटबल स्टार क्रिश्चियन जीवितै भेटिए — OSNepal

टर्कीको भूकम्पपछि भवनमा पुरिएका विश्व चर्चित फुटबल स्टार क्रिश्चियन जीवितै भेटिए

LC (KTM) February 07, 2023 0

एजेन्सी – टर्कीमा भूकम्पले भत्किएको भवनको भग्नावेषमा पुरिएका विश्व चर्चित फुटबल स्टार क्रिश्चियन अत्सु जीवित भेटिएका छन्। डेलीमेलका अनुसार अत्सु जीवितै फेला परेको र अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।

इङ्लिस क्लब चेल्सी र न्युक्यासलका पूर्व स्टार क्रिश्चियन अत्सु भूकम्पले पूरै ध्वस्त भएको ठूलो भवनमुनि फसेका थिए। उनको जीवितै भएको खबर आएपछि उनका फ्यानहरु खुशी भएका छन् । टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या अहिले सम्म हजार ८ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सिएएनका अनुसार ७।८ म्याग्नीच्युडको सो भुकम्पमा परी हजारौं मान्छेहरु घाइते भएका छन ।

मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भुकम्पले हजारौं घरहरु ध्ववस्त बनाएको छ । टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।

उता सिरियामा ९७८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर