सन्धिखर्क महोत्सव : पाँच करोडको कारोबार हुने अपेक्षा — OSNepal

सन्धिखर्क महोत्सव : पाँच करोडको कारोबार हुने अपेक्षा

LC (KTM) February 06, 2023 0

गणतन्त्र ल्याइम भन्छन् फालिम भन्छन् राजा ।
त्यही फालेका राजा जस्ता कैयु निस्के आज ।।

अर्घाखाँची-लोकगायक पशुपति शर्माले ‘लुटन सके लुट कान्छा लुटन सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीत गाएपछि सबै दर्शकले हात उठाए । सबैले वर्तमान समयको यथार्थतासम्बन्धी गीत गाएको भन्दै पशुपतिलाई वाह वाह पनि गरे ।

अर्घाखाँचीको सन्धिखर्कमा जारी पाँचाँै महोत्सवमा उपस्थित दर्शक सामु उहाँले यो गीत गाउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेपाल आमा की”, उपस्थित दर्शकले भने, ‘जय’ । पशुपतिले भन्नुभयो, ‘देश लुट्न दर्शकले भने पाइँदैन, पाइँदैन ।’

नेपालमा हजाराँै जनाको बलिदानीपछि लोकतन्त्र आए पनि जनताको पक्षमा केही काम हुन नसकेको गायक शर्माले बताउनुभयो । भ्रष्टाचार, अनियमितता बढेको देशमा देखिने र जनताले महसुस गर्ने गरी विकासका योजना अगाडि बढ्न नसकेको गायक शर्माको भनाइ छ । विदेशबाट फर्किएर नेपालमा केही गराँै भनेर योजना थालेका दाजुभाइको पक्षमा ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ, मलाई अष्ट्रेलिया यहीँ’ गीत गाउनुभएको थियो ।

उहाँले भन्नुभयो, “तर यो गीतमा मात्र सीमित भयो । सरकारले उचित, दीर्घकालीन विकास र आर्थिक समृद्धिका कार्यक्रम नल्याउँदा युवाको विदेश पलायन रोकिएन ।” महोत्सवको अवलोकन गर्न मञ्चमा बस्नुभएका नेकपा (एमाले)का केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई लोकगायक पशुपतिले ‘नेताज्यू गोरुसिङ्गे–सन्धिखर्क सडक कहिले मर्मत हुन्छ ? अहिलेसम्म बाटो किन बनाउनुभएन ?’ भनेर पनि प्रश्न गर्नुभयो ।

महोत्सव अवलोकन गर्न र मनोरञ्जनका लागि आएका दर्शकलाई ‘भयो जीवन तिरिमिरि झ्याईं, स्याङ्जा जाने बाटोमा तनहुँ, डालीमा चील बस्यो’लगायतका गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिनुभएको थियो । कलाकारहरू अभिनव चौहान, शोभा त्रिपाठी, दिपु मगरलगायतका कलाकारले पनि गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही माघ ११ गतेदेखि २४ सम्म अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । अर्घाखाँचीलाई पर्यटकीय हिसाबले देशविदेशमा चिनाउन, जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुको प्रवर्द्धन गर्नका लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप मिश्रले बताउनुभयो । चौध दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र रु पाँच करोडको कारोबार हुने अपेक्षा रहेको अध्यक्ष मिश्रले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर