आधा घण्टामा आउछु भनेकी छोरी नर्फकिएपछि २१ वर्षकी बिनाकी आमाले गरिन यस्तो बिलौना, खोलीन् यस्ता रहस्यहरुपूर्ण घटनाहरु — OSNepal

आधा घण्टामा आउछु भनेकी छोरी नर्फकिएपछि २१ वर्षकी बिनाकी आमाले गरिन यस्तो बिलौना, खोलीन् यस्ता रहस्यहरुपूर्ण घटनाहरु

LC (KTM) July 08, 2021 0

चितवन । नवलपुरको गैंडाकोट नगरपालिकाको झपर्दीका जयश्वर सापकोटाकी २१ वर्षीया छोरी विना हराएपछि अहिले परिवार ठूलो समस्यामा परेका बेला बिनाका प्रेमी भनिएका युवक प्रवेश कँडेल समातिएका छन् । असार १८ गते साँझ उनलाई ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवक प्रवेश कँडेलले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको सल्लाहमा नै निस्किएका थिए ।

तर आधा घण्टामा नै फर्किन्छु भनेर घरबाट निस्किएकी छोरी विना एक साता लामो समय हुँदा पनि नर्फकिएपछि परिवार तनावमा रहेको बाबु जयश्वर सापकोटाले फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै सबैलाई छोरी खोजीदिन आग्रह गरेका छन् ।

जयश्वर सापकोटाले छोरीको फटोसहित राखिएको सूचनामा असार १४ गते अपरान्ह साढे ४ बजे यही पोशाकमा घरबाट निस्किएकी विना सापकोटा अहिलेसम्म पनि कसैसँग सम्पर्कमा नआएकाले देख्नेरभेट्नेले सहयोग गरिदिन आग्रह गरे पनि छोरी अहिलेसम्म फेला परेकी छैनन् ।

असार १४ गते विनाका प्रेमीले उनलाई घरबाट स्कुटरमा राखेर लैजानुपूर्व विनाले आफ्ना प्रेमी बेलायत गएपछि अर्की युवतीसँग प्रेममा रहेको रहस्य थाहा पाउँछिन् र सोह विषयमा छलफल गर्न उनले प्रेमी प्रवेशलाई बोलाउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर