घर जोगाउन बाढी तर्काउँदा ४० वटा बाख्रासहित आफैँ बेपत्ता भए १८ वर्षीय राजेन्द्र — OSNepal

घर जोगाउन बाढी तर्काउँदा ४० वटा बाख्रासहित आफैँ बेपत्ता भए १८ वर्षीय राजेन्द्र

LC (KTM) July 07, 2021 0

बलेवा, २३ असार -आज बिहान ३ः३० बजेको थियो । आकाश गर्जिएर पानी पर्न थालेको तीन घण्टा बितिसक्दासमेत पानी रोकिएन् । खोलाको बहाव बढ्न थाल्यो, घरमाथि रहेको सडकबाट पन्छाएको बाढी घरतिर सोझियो । घरमा बाढी पस्ने त्रासले राजेन्द्रले सुतिरहेका हजुरबुबा, बुबा र भाइलाईसमेत उठाउनुभयो । चारै जना मिलेर घरमाथिको सडकबाट घरगोठतर्फ आइरहेको भल खोलातर्फ लगाउनुभयो । सडकमा आएको बाढीले घर त जोगियो तर घरछेवैको सानो खहरेमा एक्कासी आएको बाढीबाट राजेन्द्र भने जोगिन सक्नुभएन ।

बागलुङको ताराखोला गाउँपालिका–३ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई आज बिहान बाढीले बगाउँदा बेपत्ता हुनुहुन्छ । “कहिल्यै नआएको पानी अहिले आयो, आरीबाट खन्याएको जस्तै”, वडाध्यक्ष जीतबहादुर बस्नेतले भन्नुभयो, “अलिमाथि पहिरो आएर खोल्सी थुनिएछ, एकै पटक फुटेर आउँदा सत्यानाश ग¥यो ।”

राजेन्द्रसँग सडकको भल तर्काइरहेका उहाँका बुबा कृष्णबहादुर कार्की, भाइ र हजुरबुबा घाइते हुनुहुन्छन् । “कृष्णबहादुरलाई बाढीले केही तल पु¥याएर छेउ लगाएको अवस्थामा थिए, हजुरबुबा र भाइलाई पहिल्यै बाढीको हावाले हुत्याएछ”, बस्नेतले भन्नुभयो, “खोरका बाख्रा र राजेन्द्रलाई बाढीले बगाएछ ।” कृष्णबहादुरको टाउकोमा गहिरो चोट छ । शरीरका अन्य अङ्गमा समेत ससाना चोट लागेकाले स्थानीय स्वास्थयचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

व्यावसायिक बाख्रापालनका लागि भनेर ‘कार्की बाख्रा फार्म’ दर्ता भएको छ । छोरासँगै कृष्णबहादुरले पालेका ४० वटा बाख्रा पनि बाढीले बगायो । एघार बाख्राको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । परिवारका छ जना सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हवारीले बताउनुभयो । सोही ठाउँका ध्रुव क्षेत्रीको होटेल पहिराले पुरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर