सुजिता भण्डारी प्रकरण : चितवनका एसपी यसो भन्छन् , हेर्नुहोस् भिडियो — OSNepal

सुजिता भण्डारी प्रकरण : चितवनका एसपी यसो भन्छन् , हेर्नुहोस् भिडियो

LC (KTM) July 07, 2021 0

चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख ओम प्रसाद अधिकारीले सुजिता भण्डारी प्रकरणको अनुसन्धान अगाडी बढीसकेकोले छिटै त्यसले पुर्णता पाउने बताएका छन् । हराएकी सुजिताको श ब भेटिएपछि उनको आ त्म ह त्या वा ह त्या बारे पोष्र्टमार्टम रिपोर्ट आएपछि थप प्रष्ट हुने उनले बताए । एसपी अधिकारीले पोष्टमार्टमको लागी श ब काठमाण्डौं पठाईएकोले छिटै त्यसको रिपोर्टआउने बताएका छन् । हेर्नुहोस् उनीसंग गरिएको कुराकानी

यो पनि : घरबेटीले कोठा नदिएका विषयमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग : सर्वोच्च अदालतले जातीय छुवाछूतका कारण घरबेटीले कोठा नदिएका विषयमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश डा कुमार रेग्मीको एकल इजलासले आज महान्यायाधीवक्ताको कार्यालयमार्फत १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारको नाममा आदेश जारी गरेको हो ।

“जातका आधारमा व्यक्तिविरुद्ध छुवाछूतको भेदभाव गरिने कार्य क्रुर र अमानवीय कार्य रहेकामा विवाद छैन, यस्तो कार्य संविधान र कानूनले बर्जित गरेको छ र दण्डनीय अपराध मानेको छ”, आदेशमा भनिएको छ, “छुवाछूत तथा भेदभावविरुद्धको हकलाई नेपालको संविधानको धारा २४ ले प्रत्येक व्यक्तिको मौलिक हकका रुपमा सुरक्षित गरेको छ ।”रूपा सुनारले कोठा भाडामा लिने÷दिने मौखिक सहमति भइसकेपछि बबरमहस्थित घरधनी सरस्वती प्रधानले आफू दलित समुदाय (कामी) थरको भएको जानकारी गराएपछि कोठा दिन अस्वीकार गरेको र त्यसबाट आफ्नो आत्मसम्मानमा ठेस पुगेको उल्लेख गर्दै यही असार २० गते सर्वोच्च अदालतमा रिट निवेदनमा दायर गर्नुभएको थियो ।

अदालतले यही असार २९ गते दुवै पक्षका छलफलका लागि बोलाएको छ । आदेशमा रिट निवेदकले आफूविरुद्ध जातका आधारमा छुवाछूतको भेदभाव गरिएकाले कानूनबमोजिम अनुसन्धान गरी दोषीमाथि कारवाही होस् भन्ने माग गर्नु निवेदकको कानूनी अपेक्षाको विषय रहेको छ । आदेशमा भनिएको छ, “निवेदकलाई न्याय दिनु राज्यको कर्तव्य रहेको हुँदा सो सम्बन्धमा के कसो भएको छ ? कसरी अनुसन्धान अघि बढिरहेको छ भनी विपक्षीसमेतको सहभागितामा छलफल गरी अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर