वार्षिक ४ करोड यात्रु आवागमन गराउने हमाद अन्तर्राष्ट्रिय विमानस्थलको लक्ष्य — OSNepal

वार्षिक ४ करोड यात्रु आवागमन गराउने हमाद अन्तर्राष्ट्रिय विमानस्थलको लक्ष्य

LC (KTM) February 05, 2023 0

दोहा-कतारको मुख्य अन्तरराष्ट्रिय विमानस्थलले यस वर्ष चार करोड यात्रुहरुको आवागमन पुर्याउँने लक्ष्य लिएको छ । विश्वकप आयोजना हुनु खाडी राष्ट्रका लागि आफ्नो प्रतिष्ठा बढाउन महत्त्वपूर्ण रहेको पर्यटन विभाग प्रमुखले बताएका छन् ।

हमाद अन्तरराष्ट्रिय विमानस्थलबाट सन् २०१९ मा कोरोनाभाइरस महामारीको हुनु अघि तीन करोड ९५ लाख यात्रुहरूको आवागमन भएको थियो।
पर्यटन मन्त्री तथा कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल-बकरले विमानस्थलमा विभिन्न किसिमका प्रतिबन्धले यात्रुहरूको उल्लेख्य आवागमनमा असर परेको बताएका छन् ।

“यदि हामीसँग विभिन्न प्रतिबन्धात्मक असर नभएको भए निर्धारित लक्ष्य पार गर्ने थियौं,” मन्त्री बेकरले ज्वेलरी र वाच शो घोषणा गर्ने क्रममा पत्रकारहरूमाझ सो दारणा राखेका हुन् । यहाँ अन्तरराष्ट्रिय आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्यका साथ नयाँ कार्यक्रमहरू घोषणा गरिएका छन् ।
उनले भने- यस विमानस्थलबाट भएको तीन करोड ९५ लाख यात्रुको आवागमनले म सन्तुष्ट छैन । हामी आशा गरौँ यस वर्ष हामीले हमाद हुँदै जाने यात्रुहरूको सङ्ख्यामा रेकर्ड तोड्नेछौं।” कतारले यस विमानस्थलबाट वार्षिकरूपमा सात करोड यात्रुहरूको आवागन गराउन सक्ने क्षमताका साथ विस्तार गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर