एजेन्सी । दक्षिणी भारतीय अभिनेता बाबुराज पक्राउ परेका छन् । जग्गा ठगी मुद्दामा शनिबार प्रहरीले बाबुराजलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बाबुराजले आदिमाली प्रहरी चौकीमा आत्मसमर्पण गरेपछि उनलाई इडुक्की जिल्ला प्रहरीले पक्राउ गरेको बताइएका छ । बाबुराजले इडुक्कीको कल्लरमा आफ्नो रिसोर्ट भाडामा दिएका थिए ।
सो जग्गामा राजस्व विभागको कारबाही चलाएपछि उनी माथि ठगीको आरोप लागेको हो । कोठामंगलम निवासी अरुण कुमारले अभिनेता विरुद्ध उजुरी दिएका थिए ।
उजुरमिा सम्झौताको वैधता लुकाएर मुन्नारको कम्बिलीनमा आफ्नो रिसोर्ट ४० लाख भारतीय रुपैयाँमा भाडामा दिएको र पल्लिवसल पञ्चायतमा सम्पत्ति भाडामा दिन निषेध गरिएको छ । अरुणले बाबुराजलाई सम्झौता रद्द गर्न आग्रह गर्दा बाबुराजले अस्वीकार गरेपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।