लगातारको वर्षाले मुहान बगाउँदा खानेपानीको हाहाकार — OSNepal

लगातारको वर्षाले मुहान बगाउँदा खानेपानीको हाहाकार

LC (KTM) July 07, 2021 0

डोटी, २३ असार – लगातारको वर्षाका कारण खानेपानी मुहानका पाइप बगाउँदा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा पिपल्लामा एक हप्ता यतादेखि खानेपानीको हाहाकार भएको छ । यहाँका बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढी र पहिराले विभिन्न स्थानमा बगाएपछि खानेपानीकोे समस्या उत्पन्न भएको छ ।

अविरल वर्षाका कारण आएको पहिराले सलेना खोला मुहानमा रहेको खानेपानीका पाइप बगाएका कारण खानेपानी आउन बन्द भएको राजपुर खानेपानी तथा उपभोक्ता समितिले जनाएको छ । बजारमा खानेपानी नभएका कारण यहाँका नागरिकलाई हातमुख धुन तथा शौचालय जानसमेत समस्या भएको डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा दिपायल नरेन्द्रबहादुर खड्काले बताउनुभयो । बाढी र पहिराका कारण बगाएको खानेपानीको पाइप मर्मतका लागि कर्मचारी खटिए पनि बिभिन्न समस्याका कारण मर्मत गर्न समस्या भइरहेको राजपुर खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र शाहको भनाइ छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर