दिलीप कुमार भारतीय सिनेमाका एक नक्षत्र नै रहेका थिए । दिलीप कुमार एक अभिनेताका साथ असल मान्छे समेत थिए । उनलाई फिल्म, संगीतको साथमा साहित्य र शायरीमा पनि उत्तिकै लगाव रहेको थियो । उनलाई फिल्म उद्योगमा एक संस्थाका रुपमा समेत हेर्ने गरिएको थियो । एक समय यस्तो थियो कि जब कुनै ब्यक्ति फिल्मी दुनियाँमा करियर बनाउन आउँथे त्यतिबेला उनीहरुलाई दिलीप कुमारको फिल्म हेर्न सल्लाह दिने गरिएको थियो । ता कि उसले अभिनयको प्रदर्शन के हो संझिन सकोस् ।
दिलीप कुमार तथा ज्योतिषीको भबिष्यबाणी
दिलीप कुमार र ज्योतीषी संग जोडिएको एउटा रोचक किस्सा रहेको छ । जसको प्रसंगको उनले लेखेको किताबमा छ । उक्त किताबका अनुसार आजाद फिल्मको शुटिंगको कोयम्बटुरमा चलिरहेको थियो । त्यहाँ उनका मित्रले एक ज्योतिषी संग भेट गराए । ति ज्योतिषीको बारेमा सबैले भन्थे कि उनको भबिष्यबाणी कहिल्यै गलत हुन सक्दैन ।
त्यसपछि ज्योतिषले दिलीप कुमारको हस्तरेखा हेरेर भाग्य बताउन सुरु गर्छन् । उनी संग जिवनमा जोडिएका कुराहरु सरासर ति ज्योतिषले भन्न सुरु गर्छन् । ज्योतिषीको यस्तो अदुभुत कला देखेर दिलीप कुमार पनि उनी प्रति प्रभावित हुन्छन् । यसैगरी ति ज्योतिषले उनको भबिष्य र दाम्पत्य जीवनलाई लिएर भबिष्यबाणी गरेका थिए । ज्योतिषले दिलीप कुमार लाई चन्द्रमा जस्तै गोरी श्रीमती हुने जस्ता कैयौ भबिष्यवाणी गरेका थिए ।
ज्योतिषको भबिष्यबाणी साँचो
ज्योतिषीले उनलाई एक कुरा बताए जस्ले उनको हंशले नै ठाउँ छोडेको थियो । ज्योतिषीले उनलाई भनेका थिए कि तपाईको बिबाह जो संग हुन्छ उ पनि फिल्म लाईनकै हुने दाबी गरेका थिए । यो कुरालाई लिएर दिलिप कुमारलाई बिश्वास नै लागेको थिएन् । तर उनको केही समय पछि बिबाह सायरा बानो संग भयो ।
ज्योतिषीले दिलिपलाई अर्काे कुरा पनि बताएका थिए कि जो आफ्नो श्रीमति हुन्छ उनले तपाईलाई एकदमै माया गर्छिन् र सधै तपाईको ध्यान समेत दिने छिन् । जब यी सबै कुरा ज्योतिषीको मिलेको थियो त्यतिबेला दिलीप कुमार हैरान भएका थिए ।