जाकार्ता, २० माघ पूर्वी इन्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमा भारी मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको एक अधिकारीले जानकारी दिएका छन् ।
‘पहिरोमा परी दुईजनाको मृत्यु भएको छ। अधिकारीहरूले उनीहरूको शव फेला पारेका छन्,’ प्रान्तीय प्रकोप एजेन्सीका प्रमुख अम्सन पाडोलोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ । विपद्बाट कति स्थानीय बासिन्दा प्रभावित भएका छन् भन्ने गणना हुन बाँकी रहेको पनि उहाँले बताउनु भएको छ ।