काठमाडौँ २३ असार । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले एउटै संसद एउटै प्रधानमन्त्री २ २ पटक सम्म विघटन गर्नु जघन्य अपराध भएको बताएका छन् । आज बसेको राष्टिय सभाको बैठकमा बोल्दै सदस्य विडारीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
प्रधानमन्त्री चुन्ने अधिकार संसदको भएको हुँदा पटक पटक विघटन गर्नु जघन्य पोलिटिकल अपराध भएको बताएका छन् । संसद विघटन गरेर त्यसको सम्पुर्ण अधिकार आफुले लिएर प्रयोग गर्नु बेइमानी भएको बताएका विडारी बैठकमा भने, एउटै प्रधानमन्त्रीले एउटै प्रतिनिधिसभालाई दुई दुई पल्ट विघटन गर्नु भनेको महा घोर जघन्य पोलिटिकल अपराध हो। अध्यक्ष महोदय, यो अक्षम्य अपराध हो। यस्तो अपराध संसारका कुनै तानाशाहले गर्दैनन्। चुनाव त संविधानले भने अनुसार हुन्छ प्रधानमन्त्रीले भने अनुसार चुनाव हुने हो र?’
राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको अभ्यास र परम्परालाई पालना गर्न नसको आरोप समेत लगाएका छन् ।