बलिउडलाई नै रुवाएर गए दिलिपकुमार, यस्तो छ उनको भित्रि कथा — OSNepal

बलिउडलाई नै रुवाएर गए दिलिपकुमार, यस्तो छ उनको भित्रि कथा

LC (KTM) July 07, 2021 0

मुम्बइ २३ असार – भारतका चर्चित पुराना कलाकार दिलिपकुमारको बुधबार निधन भएको छ ।वियोगान्त पात्रको रुपमा अभिनय गर्ने अभिनेताका रुपमा परिचित दिलिपकुमारको ९८ बर्षको उमेरमा निधन भएको हो । मुम्बइमा रहेको पिएल हिन्दुजा अस्पतालमा उपचार भइरहेका बेला उहाँको निधन भएको उहाँको उपचारमा संलग्न डा जालील परकारले पुष्टि गर्नुभयो ।

कलाकार दिलिपकुमारका प्रवक्ता फैसल फारुकीले पनि उहाँको निधन भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो । श्वासप्रस्वासमा समस्या भएपछि उहाँलाई केही दिन अगाडि अस्पताल भर्ना गरिएको थियो ।

करिब ६ दशक भन्दा बढी समय चलचित्र जीवनमा उहाँले ६५ भन्दा बढी चलचित्रमा अभिनय गर्नु भएको छ । उहाँले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गर्नु भएको थियो । उहाँको लोकप्रियता भने सन् १९४९ मा प्रदर्शनमा आएको चलचित्र अन्दाजबाट बढेको हो । उहाँले देवदास, नया दौर, मुग्ली ए आजम, गङ्गा जमुना, व्रmान्ति र कर्मा जस्ता चर्चित हिन्दी चलचित्रमा अभिनय गर्नु भएको थियो ।

उहाँकी पत्नी साएरा बानु पनि बलिउड अभिनेत्री हुनुहुन्छ । उहाँहरुका सन्तान भने छैनन । सन् १९२२ को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा जन्मिनु भएका दिलिपकुमारको सुरुको नाम भने युसुफ खान हो ।

भारतीय र हिन्दी चलचित्र क्षेत्रमा प्रवेश गर्ने क्रममा उहाँले आफ्नो नाम पनि परिवर्तन गरेर दिलिपकुमार राख्नु भएको हो । यस्तो अभ्यास अन्य कलाकारहरुले पनि गरेकाले उहाँले पनि त्यही गर्नु भएको बताइन्छ । उहाँको निधनप्रति कलाकार तथा राजनीतिज्ञलगायत धेरैले दुःख व्यक्त गरेका छन् । धेरैले उहाँलाई भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेताको संज्ञा पनि दिएका छन् । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर