काठमाडौँ ३२ असार । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले आज बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गरेका छन् । सरकारर गरेको कामको विरोध या समर्थन गर्न सकिने भएपनि कस्मेटिक राजनीति नगर्न बैठकमा सबैलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘राष्ट्रियसभामा कस्मेटिक राजनीति नगरौँ, मेरो यो अनुरोध छ ।’ बैठकमा भट्टराईले सरकारलाई काम गर्न नदिएकोले संसद विघटन भएको बताएका छन् । सरकारको बचाउन गर्दै राष्टि संसद विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको समेत जिकिर गरेका छन् । सरकारको बचाउ गर्दै बैठकमा सहभागी भएका भट्टराईले संविधान कार्यान्वयन गर्न सफल भएको समेत बताएका छन् ।
‘जुन प्रतिनिधिसभाले कानुन बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिँदैन र वैकल्पिक सरकार दिन सक्दैन, त्यस्तो औचित्य के रहन्छ ? प्रयोजन के रहन्छ ? प्रश्न उठ्दैन र ? उनले अघि भने, यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संवैधानिक हुन जान्छ भन्ने मलाई लाग्छ ।’ पुर्व प्रधानमन्त्रीहरुलाई चुनौती दिएका भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियता विरोधी भए प्रमाण दिन समेत आग्रह गरेका छन् ।
ओली राष्ट्रवादी भएको भन्दै भट्टराईले भने, ‘म चुनौति दिन चाहन्छु केपी ओली कोठाभित्र चुक्कुल लगाएर कम्मलभित्रबाट चोर औँलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन ।’