एक डोज लगाए पुग्ने अमेरिकामा बनेको कोरोना बिरुद्धको खोप नेपाल आँउदै — OSNepal

एक डोज लगाए पुग्ने अमेरिकामा बनेको कोरोना बिरुद्धको खोप नेपाल आँउदै

LC (KTM) July 07, 2021 0

काठमाडौं-अमेरिकामा बनेको कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप साढे १५ लाख डोज भन्दा बढी नेपाल आउने भएको छ । उक्त खोप नेपालमा कोभ्याक्स सुविधा मार्फ आउने भएको हो ।

यसका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति दिन औषधि व्यवस्था विभागलाई पत्राचारसमेत गरिसकेको छ । यो खोप नेपालम १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आउने बताइएको छ ।

अमेरिकामा बनेको यो खोप एक डोज लगाए पुग्छ । यद्यपि अन्य मुलुकमा बनेको कोरोना बिरुद्धको खोप दुई डोज लगाउनु पर्छ । यसअघि नेपापलमा चिन र भारतबाट कोरोना बिरुद्धको खोप नेपाल ल्याएर प्रयोगमा ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर