खेल हारेपछि स्पेनका प्रशिक्षकले भने - ईटाली सर्वश्रेष्ठ टोली मध्ये एक थियो । हारेर पनि दुःख लागेको छैन । — OSNepal

खेल हारेपछि स्पेनका प्रशिक्षकले भने – ईटाली सर्वश्रेष्ठ टोली मध्ये एक थियो । हारेर पनि दुःख लागेको छैन ।

LC (KTM) July 07, 2021 0

स्पेनले आक्रमक खेल बुन्न नसक्दा गएराती सम्पन्न युरोकप फुटबलको सेमिफाईनल बाटै बाहिरीनु परेको छ । अधिकांश समय बल आफ्नो नियन्त्रणमै राखे पनि फाईनल पुग्न उसका लागि ट्राईब्रेकर दुर्भाग्य साबित भयो ।

अन्ततः ईटाली संग ४–२ गोल अन्तरले स्तब्ध हुदै घर फर्किएको छ । तर पनि स्पेनका प्रशिक्षक लुईस एनरिकेले हारेको आफुलाई कुनै गुनासो नरहेको बताएका छन् । उनले आफु दुखी नरहेको प्रतिक्रिया दिएका छन् । उनले बरु पेनाल्टी शुट आउटमा चुकेका स्पेनका खेलाडी अल्भारो मोराटाको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मोराटाको योगदानको समेत प्रशंसा गरे । तर वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेर उनले स्पेनलाई खेलमा फर्काएका थिए । उनकै गोलमा स्पेनले खेल अतिरिक्त समयमा धकेलेको थियो । निर्णायक पेनाल्टी सुटआउटमा उनी असफल बनेका थिए ।

स्पेनिस प्रशिक्षकले उनलाई अपहरणको मुद्धा रहेको र केही प्रेसर समेत रहेकोले पेनाल्टीमा चुकेको बताएका छन् । प्रशिक्षकले सकरात्मक रुपमा आफ्ना कुरा दर्शाएका छन् । उनले आजको रात दुखको नुहने पनि उनले प्रतिक्रिया दिएका छन् । उनले कोलम्बियाको खेलको एकदमै प्रशंसा पनि गरे । ईटालीलाई उनले एक सर्वश्रेष्ठ टिमको रुपमा चित्रीत गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर