काठमाडौँ २३ असार । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले कार्यदलको बैठकले मात्र पार्टी भित्रको समस्या समाधान नहुने बताएका छन् । समस्या समाधान गर्न तिन दिन देखि निरन्तर बसेको बैठकले भन्दा पनि पार्टीका अध्यक्ष केपी ओली अर्का वरिष्ठ नेता माधव नेपालले नै भटवार्ता गरी समस्या टुङयाउनुपर्ने नेता रिजालको भनाई रहेको छ ।
ओली र नेपाल बीच आपसमा बस्न जति ढिला हुन्छ, एकता प्रक्रिया त्यति नै ढिला हुने बताएका रिजालले कार्यदलको बैठकले मात्र समस्या समाधान नहुने बताएका हुन् । एमालेमा पूर्वसंरचना पुनर्स्थापना र विधान कार्यान्वयनका बारेमा कार्यदलमा सहमति हुन सक्छ नेता रिजालले ट्वीटर मार्फत भनेका छन् ।
नेता रिजालले भनेका छन्, एमालेमा पूर्वसंरचना पुनर्स्थापना र विधान कार्यान्वयनका बारेमा कार्यदलमा सहमति हुन सक्छ, ‘तर समस्या त्यतिमा समाधान हुन्छ जस्तो लाग्दैन। उच्च राजनीतिक सहमति र विश्वास निर्माण गर्न केपी शर्मा ओली र माधव नेपालबीच आपसमा बस्न जति ढिला हुन्छ, एकता प्रक्रिया त्यति नै ढिला हुन्छ।’