फुटबलका दुई महारथी राष्ट्र कोपा अमेरीका कपको फाईनलमा भिड्दै , अर्जेन्टिना या ब्राजिल कस्ले मार्ला त बाजि ? — OSNepal

फुटबलका दुई महारथी राष्ट्र कोपा अमेरीका कपको फाईनलमा भिड्दै , अर्जेन्टिना या ब्राजिल कस्ले मार्ला त बाजि ?

LC (KTM) July 07, 2021 0

कोपा अमेरिका फुटबलमा अब दुई फुटबलका महारथी मानिएका शक्ति राष्ट्र ब्राजिल र अर्जेन्टिना बिच प्रतिष्पर्धा हुने भएको छ । आज बिहान सम्पन्न अन्तिम सेमिफाईनल खेलमा बलियो प्रतिद्धन्दी कोलम्बियालाई स्तब्ध बनाउँदै अर्जेन्टिनाले ब्राजिल सयंगको उपाधी भेट पक्का गरेको हो ।

कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । एकदमै आक्रमक खेल प्रस्तुत गरेको अर्जेन्टिनाले सुरुवाती चरणको सातौ मिनेटमा नि अग्रता लिएको थियो । अर्जेन्टिनाले सातौं मिनेटमा लौटारो मार्टिनेजको गोलबाट अग्रता लिएको थियो । उनलाई लियोनल मेस्सीले डिबक्सभित्र बाट बल पास दिएका थिए । तर, दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता जोगाउन सकेन् ।

६१ औं मिनेटमा लुइस डियाजको गोलमार्फत कोलम्बियाले खेल बराबरीमा पु¥याएको थियो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा अर्जेन्टिनाले ३–२ ले बाजी मार्यो । टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरेका थिए ।

कोलम्बियाका डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास असफल भएको थियो । सन् २०१६ पछि पहिलो पटक अर्जेन्टिना कोपा अमेरिकाको फाइनल पुगेको हो । अर्जेन्टिनाले सन् २००७ पछि पहिलो पटक ब्राजिलसंग फाइनल खेल्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर