अस्ट्रेलियामा कार्यरत नेपाली नर्स अस्मिताले वृद्ध बिरामीहरुलाई थप्पड हानेको स्विकारिन् — OSNepal

अस्ट्रेलियामा कार्यरत नेपाली नर्स अस्मिताले वृद्ध बिरामीहरुलाई थप्पड हानेको स्विकारिन्

LC (KTM) January 30, 2023 0

काठमाडौं – अस्ट्रेलियाको सिड्नीस्थित वृद्ध हेरचाह केन्द्रमा कार्यरत नर्सिङ सहायक अस्मिता पाण्डेले वृद्ध बिरामीहरुलाई थप्पड हानेको स्वीकार गरेकी छन् ।

नाइनन्युज डटकमले जनाए अनुसार उनले थप्पड हान्नुका साथै धकेलेर दुर्व्यवहार गरेकी हुन् । उनले दुर्व्यवहार गरेकीमध्ये एक ९५ वर्षीया वृद्ध समेत रहेको समाचारमा जनाइएको । ती वृद्ध डिमेन्सिया रोगबाट ग्रस्त थिइन् ।

इपिङस्थित एस्टिया हेल्थमा कार्यरत उनी नेपालबाट वर्किङ भिसामा अस्ट्रेलिया पुगेकी थिइन् । उनलाई गत वर्ष उनका सहकर्मीहरूले गलत कार्यमा संलग्न रहेको भनि रिपोर्ट गरेपछि त्यतिबेला पक्राउ परेकी थिइन् ।

अहिले गर्भवती भएकी पाण्डेलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ भने उनीविरुद्ध आगामी मार्चमा सजाय सुनाइनेछ । सजाए अनुसार उनी जेल पनि जान सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर