पाल्पाबाट बुटवल जाँदै गरेको टिप्पर सडकदेखि ३०० मिटर तल खस्दा २६ वर्षीय सुदीपको मृ त्यु — OSNepal

पाल्पाबाट बुटवल जाँदै गरेको टिप्पर सडकदेखि ३०० मिटर तल खस्दा २६ वर्षीय सुदीपको मृ त्यु

LC (KTM) July 07, 2021 0

पाल्पा, २३ असार- – पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा पूर्वखोला गाउँपालिका–५ वीरकोटका २६ वर्षीय सवारी चालक सुदीप गैरेको मृ त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार चुनढुङ्गा बोकेर पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ८२० नंको टिप्पर सिद्धार्थ राजमार्गको चरचरेमा दुर्घटना भएको थियो । सडकदेखि ३०० मिटर तल खोलामा टिप्पर खस्दा घाइते भएका चालक गैरेलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमै मृ त्यु भएको प्रहरीले जनाएको छ ।

उत्तरी गोरखामा कार्यरत प्रहरी जवान बेपत्ता- उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता हुनुभएको छ । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्र्पकविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

कञ्चनपुर जिल्लाको बेलकोट नगरपालिका–२ घर भएका प्रहरी जवान कुँवर घर बिदाबाट फर्किएर कार्यक्षेत्रमा सामागाउँ जान भनि हिँडेको भए पनि अहिलेसम्म कार्यक्षेत्रमा नपुगेको र सम्पर्कमा पनि नआएको उहाँले बताउनुभयो । कुँवर धार्चे गाउँपालिकाको तातोपानी क्षेत्रसम्म पुगेको भन्ने सूचना प्राप्त भएको भए पनि त्यहाँबाट कहाँ गए भन्ने बारेमा खुल्न नसकेको एसपी खनालले बताउनुभयो ।

सम्र्पकविहीन भएका प्रहरी जवान कुँवरको खोजी कार्य तीव्र पारेको उहाँको भनाइ छ । ‘‘इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली नै परिचालन गरेर खोजीकार्य भइरहेको छ’’, एसपी खनालले भन्नुभयो, “अहिलेसम्म फेला पार्न सकिएको छैन ।”(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर