दिग्गज कलाकार तथा करोडौको प्रेरणा मानिएका बलिउड अभिनेता दिलीप कुमारले आज संसार बाट बिदा लिएका छन् । पछिल्लो केही दिन देखी उनी एकदमै अस्वस्थ्य रहेका थिए । उनको अस्पतालमा उपचार भईरहेको थियो ।
उनको आज बिहान पौने ८ बजे अस्पतालमा अन्तिम श्वास लिएका थिए । उनको निधनले सिनेमा जगतका सबै ब्यक्ति शोकमा डुबेका छन् । दिलीप कुमार संग काम गरेका उनका एकदमै प्रिय मित्र तथा को–स्टार धर्मेन्द्रले पनि दिलीप कुमारको निधन प्रति गहिरो दुःख ब्यक्त गरेका छन् ।
उनी मेरो भगवान थिए– धर्मेन्द्र
भारतीय संचार माध्यम आज तक संग कुराकानी गर्दै धर्मेन्द्रले गला अवरुद्ध पार्दै उनको निधनमा गहिरो दुःख ब्यक्त गरेका छन् । उनले दिलीप संग बिताएका पलहरुको बारेमा बताएका छन् । धर्मेन्द्रको दिलीप संग एकदमै गहिरो र राम्रो सम्बन्ध रहेको थियो । उनी संग कहिल्यै पनि नराम्रो महशुस नहुने गरेको धर्मेन्द्रले बताए ।
उनले भने– जब म दिलीप कुमारको घर देख्छु तब मलाई लाग्थ्यो म हजमा गएर आएको छु । धर्मेन्द्रले दिलीप कुमार संग पारी, अनोखा मिलन जस्ता हिट फिल्म दिएका थिए । दिलीप संग बिताएका पल संझिदै उनले भने– त्यो दिन आज पनि आँखामा झलझलि आउँछ उनको मनमा मेरो लागि कति धेरै माया थियो । उनले फिल्म उद्योगलाई धेरै दिए । उनी कहिल्यै कसैको मन दुखाउँदैन थिए । उनको साथमा रहदा मलाई सधै लाग्थ्यो कि म उनको आफ्नै भाई हु ।