काठमाडौं । गायक प्रमोद खरेलको कन्सर्टमा च्यापिएर घाइते भएकाहरुलाई भेट्न उनी अस्पताल जाँदैछन् ।
गायक खरलले यो घटनाले आँफु दुखी भएको बताएका छन् । गायक खरेलको कन्सर्ट भएको कार्यक्रमस्थलमा अनियन्त्रित भीडमा च्यापिएर घाइते भएका ३० जनामध्ये १६ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र २ जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै घाइतेमध्ये १२ जना भने धनकुटा अस्पतालमा उपचारपछि घर फर्किएको आयोकजले जनाउको छ । गएराती ८ बजेतिर धनकुटा नगरपालिका ६ स्थित तल्लो टुँडिखेलमा कन्सर्ट आयोजना गरिएको कन्सर्टमा यो घटना घटेको हो ।