काठमाडौं -आर्यना साबलेन्काले अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जित हात पार्न सफल भएकी छन् । बेलारुसकी आर्यनाले मेलबर्नमा शनिबार भएको फाइनलमा काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै जित हात पारेकी हुन् । साबलेन्काको यो पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि हो ।
२४ वर्षीया साबलेन्काले पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी हुन्। पाँचौं वरीयताकी साबलेन्काले एलिनालाई ४–६, ६–३ र ६–४ ले पराजित गरिन्। पुरुषतर्फको उपाधिका लागि सर्बियाका नोभाक जोकोभिच र ग्रीसका स्टेफानोस सित्सिपास भिड्ने छन्।