काठमाडौं – रिडीङलाई ३-१ गोल अन्तरले हराउँदै युनाईटेडले जित हात पारेको छ । जितसँगै म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । खेलको ५४ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
५८ औं मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दा युनाईटेडको अग्रता दोब्बर बनाए । ६६ औं मिनेटमा फ्रेडले गोल गर्दा युनाईटेड ३-० ले अघि रह्यो । त्यसपछि खेलको ७२ औं मिनेटमा रिडीङका अमाडोउ सालिफले गोल गरेपनि युनाईटेड ३-१ ले विजयी भयो ।
खेलको ६५ औं मिनेटमा एन्डी कारोलले रातो कार्ड पाएपछि रिडीङ १० खेलाडीमा समेटिएको थियो ।