काठमाडौँ २३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग चिडिएका पुर्व माओवादीका रामबहादुर थापा बादलसहित पाँच नेताहरुले माओवादी केन्द्र खारेजको माग गर्दै निवार्चन आयोग जाने भएका छन् ।
पार्टी झाडेकै कारण सांसद पद तथा मन्त्री पद गुमाएर यता न उताका भई बसेका बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी २०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै आयोगमा उजुरी दिन जान लागेका हुन् ।
सर्वोच्च गत फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेतिर लागेका यी पाँचै जनालाई माओवादी केन्द्रले कारवाही गरेको थियो । यस विषयमा काननु व्यवसाहीसँग पनि छलफल गरेको एक नेताले बताएका छन् ।
अवैधानिक पार्टीले गरेको कारबाहीका गर्दा जनताबाट निर्वाचित आफूहरुको पद गएको भन्दै माओवादी केन्द्र खारेजको निवेदन लिएर निवार्चन आयोग तथा सर्वोच्च जान लागेका हुन् ।