घरमा नै आएर प्रेमीका बिनालाई भरतपुर पुर्याएका प्रेमी प्रवेश कँडेल समातिए — OSNepal

घरमा नै आएर प्रेमीका बिनालाई भरतपुर पुर्याएका प्रेमी प्रवेश कँडेल समातिए

LC (KTM) July 07, 2021 0

चितवन । नवलपुरको गैंडाकोट नगरपालिकाको झपर्दीका जयश्वर सापकोटाकी २१ वर्षीया छोरी विना हराएपछि अहिले परिवार ठूलो समस्यामा परेका बेला बिनाका प्रेमी भनिएका युवक प्रवेश कँडेल समातिएका छन् । असार १८ गते साँझ उनलाई ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवक प्रवेश कँडेलले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको सल्लाहमा नै निस्किएका थिए । तर आधा घण्टामा नै फर्किन्छु भनेर घरबाट निस्किएकी छोरी विना एक साता लामो समय हुँदा पनि नर्फकिएपछि परिवार तनावमा रहेको बाबु जयश्वर सापकोटाले फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै सबैलाई छोरी खोजीदिन आग्रह गरेका छन् ।

जयश्वर सापकोटाले छोरीको फटोसहित राखिएको सूचनामा असार १४ गते अपरान्ह साढे ४ बजे यही पोशाकमा घरबाट निस्किएकी विना सापकोटा अहिलेसम्म पनि कसैसँग सम्पर्कमा नआएकाले देख्नेरभेट्नेले सहयोग गरिदिन आग्रह गरे पनि छोरी अहिलेसम्म फेला परेकी छैनन् । असार १४ गते विनाका प्रेमीले उनलाई घरबाट स्कुटरमा राखेर लैजानुपूर्व विनाले आफ्ना प्रेमी बेलायत गएपछि अर्की युवतीसँग प्रेममा रहेको रहस्य थाहा पाउँछिन् र सोह विषयमा छलफल गर्न उनले प्रेमी प्रवेशलाई बोलाउँछिन् ।

प्रवेश आएर उनलाई लिएर अर्की युवती कुशुमलाई भेटाउँछन् । भेटे लगत्तै विना बेहोश भएको र कुसुमको घरमा लगेको प्रवेशले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । बिना बेहोस भएपछि प्रेमी भनिएका युवकले विनाका बाबुलाई फोन गरेर जानकारी गराउँछन् ।

र उनी पैसा निकाल्न एटिएम बुथमा छिरेपछि बिना एकाएक हराउँछिन् । फिल्मको जस्तो यो दृश्य भरतपुरको चौबिसकोठीको हो । प्रहरीले प्रवेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रवेशको साथबाट विनाको मोवाइल फेला पारेको आधारमा अनुसन्धान अगाडी बढाइएको छ ।

२१ वर्षीया विना गैंडाकोटमै रहेको जनक कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन्। विनाले प्रवेशलाई ५ वर्षदेखि प्रेम गर्दै आएको बाबुले पनि स्विकारेका छन् । यसअघि नै भाग्ने तयारीमा रहेका यो जोडीलाई पारिवारिक सहमतिमा उमेर पुगेपछि विबाह नै गरिदिने सल्लाहमा जयश्वर सापकोटाले छोरीलाई थमाएर राखेको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका छन् ।

विना हराएको दिन जयश्वर सापकोटा र प्रवेश दुवै प्रहरीलाई जानकारी गराउन प्रहरी कार्यालय पुगेका थिए श्र हिरासतमा रहेका प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ। उनले अहिले नै विनासँग विबाह गर्ने प्रस्ताव राखेको भएता पनि परिवारले अझै २ वर्ष कुर्नका लागि आग्रह गरेको थियो । जायश्वरका ३ छोराछोरीमध्ये विना कान्छी हुन्। उनका एक छोरा साथमा नै छन् । जेठी छोरीको विबाह भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर