बलिउड अभिनेता अन्नु कपुरलाई छाती दुखेको गुनासो भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई सर गंगाराम अस्पतालमा भर्ना गरिएको छ । उनलाई बिहीबार बिहान भर्ना गरिएको थियो । सर गंगाराम अस्पतालका डा अजय स्वरूपले अन्नु कपूरको भर्ना भएको जानकारी दिए। उनले भने, ‘छाती दुखेको गुनासो गरेपछि अन्नु कपूरलाई अस्पतालमा भर्ना गरिएको छ ।
उनी चिकित्सकको निगरानीमा छन् । उनको स्वास्थ्यमा सुधार भइरहेको डा अजयले बताए । अन्नु कपूर ९० को दशकको अन्तमा संगीत कार्यक्रम अन्ताक्षरी होस्ट गर्ने सबैभन्दा लोकप्रिय हुन्। उनी टिभीमा आउनुअघि नै बलिउडमा प्रवेश गरेका थिए । मिस्टर इन्डिया तेजाब राम लखन, घायाल ,हम र डरमा उनको अभिनयले उनलाई प्रसिद्धि ल्यायो।
उनी आयुष्मान खुराना र अनन्या पाण्डेसँगै ड्रीम गर्ल २ मा देखिनेछन् । उनी फिल्मको पहिलो सिजनको पनि एक हिस्सा थिए र उनले आयुष्मानको अन(स्क्रिन बुबाको भूमिका निभाएका थिए। राज शान्डिल्यले निर्देशन गरेको सिक्वेल यो वर्षको अन्त्यमा जुन २९ मा ठूला पर्दामा रिलिज हुँदैछ । उनले ऐश्वर्या राई बच्चन र अजय देवगन स्टारर फिल्म रेनकोट र प्रियंका चोपडाको ७ खून माफमा भूमिका निभाएका थिए।