युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज इंग्ल्यान्ड र डेनमार्कबिच प्रतिस्पर्धा हुने — OSNepal

युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज इंग्ल्यान्ड र डेनमार्कबिच प्रतिस्पर्धा हुने

LC (KTM) July 07, 2021 0

काठमाडौँ । युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज इंग्ल्यान्ड र डेनमार्कबिच प्रतिस्पर्धा हुनेछ । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज राति १२:४५ बजे सुरु हुनेछ ।

आजको खेलमा इंग्ल्यान्ड र डेनमार्क जित निकाल्दै फाइनलमा जाने लक्ष्य सहित मैदान उत्रिनेछन् । आजको बिजेताले उपाधिका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा पुगेको हो । यस्तै राउण्ड अफ १६ मा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

आज नै सम्पन्न अर्को खेलमा इटाली सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ । तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेर सबैलाई आश्चर्यमा पारेको छ ।

गएराती सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । स्पेनलाई हराएर घर पठाएको इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको निर्धारित समयमा दुवै टिमले १९१ गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा ४९२ गोल अन्तरले स्पेन पराजित भयो । पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे भने स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर