युरोकप : स्पेनलाई ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक — OSNepal

युरोकप : स्पेनलाई ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक

LC (KTM) July 07, 2021 0

काठमाडौँ । युरोकप फुटबलमा स्पेनलाई हराउँदै इटाली फाइनलमा प्रवेश गरेको छ । तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेर सबैलाई आश्चर्यमा पारेको छ ।

गएराती सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । स्पेनलाई हराएर घर पठाएको इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको निर्धारित समयमा दुवै टिमले १(१ गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा ४(२ गोल अन्तरले स्पेन पराजित भयो । पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे भने स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर