काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले देश मै केही गर्न चाहनेहरुले यसरी आत्मदाह गर्नु निकै दुखद भएको बताएकी छिन् । सरकारको सबैभन्दा ठूलो दल नेकपा एमालेकी नेतृ समेत रहेकी करिश्माले फेसबुकमा स्टाटस लेख्दै देश मै केही गर्न चाहनेहरुले यसरी आत्मदाह गर्नु निकै दुखद भन्दै यस घटनाले हाम्रो देशका नीतिनियमहरु समयानुसार सुधार हुनुपर्ने तर्फ संकेत गरेको उल्लेख गरेकी छिन् ।
उनले भनेकी छिन् जनपक्षीय नीतिको अभावकै कारण आफैँ बलबुतामा केही गर्न चाहने नेपाली नागरिक सबैतीरबाट ऋण र उधारोको मारमा परेर छट्पटाउनु परेको विषयमा सरकार संवेदनशील हुनु जरुरी छ । सहज ढंगले व्यापार – व्यवसाय गरेर नेपाल मै परिवारसँग बस्न पाउने वातावरण बनाउनु सरकारको दायित्व हो र यसका लागि नीतिनियम जनपक्षीय हुनुपर्छ । सुधार गर्नुपर्छ । स्व।प्रेमप्रसाद आचार्यमा हार्दिक श्रध्दाञ्जली ।
त्यस्तै सत्तारुढ जनतम पार्टी अध्यक्ष चन्द्रकान्त राउत ९सिके राउत०ले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताएका छन् । नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ ।
सोही घटनालाई अध्यक्ष राउतले आचार्ययो सो बताएका हुन् । तारेक अल–तैयब मोहम्मद बौउजीजीको आत्महदाहले ल्याएको अरब क्रान्तिजस्तै नेपालमा क्रान्ति ल्याउने आशा गरेका उनले आफूहरुको राजनीतिमा भएको उदयले पनि केही आश जगाउन नसक्नु दुःखद भएको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्: आत्मदाह बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। अझ हामी नयाँ पार्टी र पात्रहरूले समेत केही आश जगाउन नसक्नु दुःखद छ। हार्दिक श्रद्धाञ्जली