दुई छाक भात खाने बढे, वर्सेनि चामल आयात बढ्यो — OSNepal

दुई छाक भात खाने बढे, वर्सेनि चामल आयात बढ्यो

LC (KTM) July 07, 2021 0

काठमाडौं । केही दिन अघि धान दिवस मनाइयो । सो क्रममा नेपाललाई कृषि प्रधान देश भनेर बाहिरबाट किन्नु परेको विषयमा चर्चा भयो । तर पछिल्लो समय दैनिक उपभोग्य चामल लगायत खाद्यन्न बाहिरबाट आयात भइरहेको छ ।

विगत ४० बर्ष अघि नेपालमा उत्पादन भएको धान विभिन्न देशमा निर्यात हुँने गर्थ्यो । अहिले जुनसुकै सामानमा पनि बाहिरबाट आयात बढीरहेको छ ।

यसै बीच बाली विकास तथा कृषि जैविक विविधता केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठ चामल आयात बढीरहनुको विभिन्न कारण रहेको बताउनुहुन्छ । नेपाल धान उत्पादन बढदो भएता पनि वर्सेनि जनसंख्या बृद्धसँगै दुई छाक भात खाने चलनले चामल आयात बढनुको प्रमुख कारण भएको बताउनुहुन्छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।विगतमा मेला पर्व र केही दिन विराएर भात खाने गरेकोमा पछिल्लो पुस्ताले भने विहान बेलुका नै भात खाने चलन बढीरहेको बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर