काठमाडौं । अभिनेता दयाहाङ राई निर्देशित नाटक ‘डिग्री माइला’ मा चलचित्र निर्माण हुने भएको छ । निर्देशक रामबाबु गुरुङले सोही नाममा चलचित्र निर्माण गर्ने औपचारिक घोषणा गरे । चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिइसकेको उक्त चलचित्रमा मुख्य भूमिकामा अभिनेता दयाहाङसहित पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहने जनाइएको छ । निर्देशककै पटकथा लेखन रहेको चलचित्रको पहिलो ड्राफ्ट यसअघि नै तयार भइसकेको निर्माण पक्षले जनाएको छ ।
मण्डला थिएटरमा यसअघि तीनपटक मञ्चन भइसकेको उक्त नाटकले राम्रै चर्चा बटुलेको थियो । निकै रुचाइएको उक्त नाटक दर्शकको मागको आधारमा मण्डलाले तीनपटक मञ्चनसमेत गरेको थियो ।अभिनेत्रीको छनोट बाँकी रहेको यो चलचित्र आगामी दशैंमा सार्वजनिक प्रदर्शनसौर्य दैनिकमा खबर छ । गर्ने योजनामा निर्माण पक्ष रहेको छ । निर्देशक गुरुङका अनुसार अभिनेत्री छनोट छिट्टै गर्ने तयारी छ । बाँसुरी फिल्म्सको ब्यानरमा बन्ने यो चलचित्रको छायांकन बैशाखदेखि सुरु गर्ने तयारीमा निर्माण पक्ष जुटेको छ ।
कमेडी ड्रामा जनरामा बन्ने यस चलचित्र छायांकनको लागि लोकेसन लगायतका विषयमा तयारी भइरहेको छ । चलचित्रमा ‘डिग्री माइला’ नामक पात्रलाई पछ्याउँछ, जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन । आदर्शवादी लाग्ने यो पात्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ । यस्तै, गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ फागुन ५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । यसैगरी उनको वर्ष २०८० को अन्तिमतिर ‘कबड्डी ५’ निर्माणको योजना छ ।
यो पनि : सुख्खा पहिरोले उदिपुर सडक असुरक्षित:डुम्रे–बेंसीसहर सडकको उदिपुर देउराली डाँडामा सुख्खा पहिरो खस्न थालेको छ । पहिरो खस्न थालेपछि सवारी आवागमन असुरक्षित बनेको छ ।बर्खायाममा पहिरो खसेर बन्द भएपछि गत कार्तिकमा खुलाइएको सडकमा फेरि माथिबाट पहिरो खस्न थालेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीका अनुसार बिहान खसेको पहिरो दिनभरी प्रायः चलिरहेको बताए ।बेंसीसहर नगरपालिका १, उदिपुरको देउराली डाँडाको सडक गतवर्ष भदौ ११ गते पहिरोले बगाएको थियो । तीन दिन अवरुद्ध भएको सडक खुलाएकोमा पुनः गत असार ४ गते सडक पहिरोले बगाएपछि चिप्लेटीस्थित मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको माथिल्लो गेटबाट ड्यामसाइट हुँदै नेपाली सेनाको चण्डीप्रसाद गणको बीच भएर रिट्ठेबगरको सडकमा निस्केर उदिपुर उक्लिने बाटो संचालनमा ल्याइएको थियो ।
चुनावको बेला नेपाली सेनाको चण्डिप्रसाद गणबाट सवारी आवागमन बन्द भएपछि बेंसीसहर नगरपालिकाको इन्धन सहयोग, मध्यमस्र्याङ्दी जलविद्युतको फलामे पोल तथा डुम्रे–बेंसीसहर–चामे सडक योजनाको प्राविधिक तथा मेसिनरी सामाग्री सहयोगबाट उक्त सडक खुलाइएको थियो ।त्यसपछि पुनः १ साता बन्द गरेर सडक फराकिलो बनाएकोमा अहिले त्यहस् सडकमा पहिरो खस्ने समस्या देखिएको स्थानीयले बताएका छन् ।
डुम्रे–बेंसीसहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तले सडकको माथिल्लो क्षेत्रबाट पहिरो खसेकोले केही अवरुद्ध भएको सडक खुलेको बताए । स्थानीयले भने सडक खुल्ने र बन्द हुने गरेको बताएका छन् । उनीहरूले सडकको माथिबाट सुख्खा पहिरो खस्दा असुरक्षा बढेको बताएका छन् ।