नेपाल एयरलाइन्सको कार्यालयमा लगाएको ताला प्रहरीले खोल्यो — OSNepal

नेपाल एयरलाइन्सको कार्यालयमा लगाएको ताला प्रहरीले खोल्यो

LC (KTM) July 06, 2021 0

काठमाडौँ २२ असार । प्रहरीले नेपाल वायुसेवा निगमको महाप्रवन्धकको कार्यकक्षमा लगाएको तालो खोलेको छ । निगमको संरचना परिवर्तन गर्न प्रक्रिया अगाडि बढाएको विरोधमा नेपाल एयरलाइन्सका कर्मचारीले शुक्रबारदेखि लगाएको ताला आज प्रहरीले खोलेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई समन्वय गरिदिनु भन्दै आग्रह गरेपछि प्रहरीले ताला खोलेको हो । संस्थागत रुपमा सञ्चालनमा आएको संस्थालाई कम्पनी मोडलमा रुपान्तरण गर्ने निणर्य विरुद्ध कर्मचारीले विरोध जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर