प्रभु साहकी पत्नीलाई फोन गरेर केपी ओलीले छोराछोरीको बारेमा जिज्ञासा राखेपछि ... — OSNepal

प्रभु साहकी पत्नीलाई फोन गरेर केपी ओलीले छोराछोरीको बारेमा जिज्ञासा राखेपछि …

LC (KTM) July 06, 2021 0

काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह यतिबेला फेरी चर्चामा छिन् । पूर्वमन्त्री प्रभु साहकी पत्नी तथा रौतहटको मौलापुर नगरपालिकाकी मेयर साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेसँगै उनको चर्चा चुलीएको हो । प्रम ओलीले १५ मिनेटसम्म मेयर साहसँग कुराकानी गरेको उनले बताइन् ।

लामो कुराकानीका क्रममा स्थानीय राजनीति, मौलापुर नगरको विकास, बाढी डुबान लगायतको विषयमा चासो राख्दै ओलीले आफू र आफ्नो परिवारको हालखबरबारे पनि जिज्ञासा राखेका थिए । पारिवारिक जिज्ञासा राख्दै ओलीले कतिजना नानीबाबु छन्, कति वर्षका भए कुनकुन कक्षामा पढ्दैछन् लगायतका प्रश्नहरु गरेको मेयर शाहले बताइन् ।

प्रम ओलीसँग कहिल्यै दोहोरो कुराकानी नगरेकी मेयर शाह ओलीले फोन गरेपछि दंग छिन् । माओवादीबाट एमालेमा प्रवेश गरेका पूर्वमन्त्री प्रभु साह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पछिल्लो समय खटपट भएको लगायतका समाचारहरु आइरहेका बेला प्रम ओलीले मेयर रिनालाई फोन गर्नुको पछाडी अर्थपूर्ण कारण रहेको राजनीतिक वृतमा चर्चा चलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर